प्रदेश नं १ अन्तर्गत भोजपुर जिल्लाको ९ वटा स्थानीय तहहरुमध्ये रामप्रसादराई गाउँपालिका एक हो । भोजपुर जिल्लाको दक्षिण-पश्चिम भू-भागमा अवस्थित यस स्थानीय तहको नामाकरण बि स २००७ सालको प्रजातन्त्रिक योद्धा राम प्रसाद राईको नामबाट नामकरण गरिएको छ । भोजपुर नगरपालिका देखि दक्षिण, पौवादुङ्मा गाँउपालिका देखि पश्चिम, हतुवागढी र आमचोक गा.पा. देखि उत्तर र खोटाङ्ग जिल्ला देखि पुर्वमा अवस्थित यस गाँउपालिकामा १५६.२५ वर्ग. कि.मि. मा क्षेत्रफलमा फैलिको छ । यस गाउँपलिकामा जम्मा घरधुरी संख्या ४०१६, पुरुष संख्या ८७७७ जना र महिला १०,१११ गरी जम्मा १८,८८८ जना जनसंख्या रहेको छ ( श्रोतः CBS २०६८ ) । यस गाँपालिका अन्तर्गत जम्मा ८ वटा वडाहरु रहेका छन् । साविकको वासिखोरा गा.वि.स. लाई विभाजन गरी २ वटा वडाहरुमा विभाजन गरिएको छ । क्रमशः १ नं वडा कार्यालय ओख्रे, २ नं वडा कार्यालय धोद्लेखानी, ३ नं वडा कार्यालय भुल्के, ४ नं वडा कार्यालय दलगाउँ, ५ नं वडा कार्यालय मानेभञ्ज्याङ्ग, ६ नं वडा कार्यालय बैकुण्ठे, ७ नं वडा कार्यालय वासिखोरा र ८ नं वडा कार्यालय खोक्सिक गरी जम्मा ८ वटा वडाहरुमा बिभक्त गरिएको छ ।
नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी.मध्ये यस गाउँपालिकाले ०.११ प्रतिशत, १ नं प्रदेशको कुल क्षेत्रफल २५९०५ वर्ग कि.मी. मध्ये ०.६१ प्रतिशत ,भोजपुर जिल्लाको कुल क्षेत्रफल १५०७ वर्ग कि.मी. मध्ये १०.३८ प्रतिशत ओगटेको यस गाउपालिकाको कुल क्षेत्रफल १५६.२५ वर्ग कि.मी. बर्ग कि.मि. रहेको छ । भोजपुर नगरपालिका देखि दक्षिण, पौवादुङ्मा गाँउपालिका देखि पश्चिम, हतुवागढी र आमचोक गा.पा. देखि उत्तर र खोटाङ्ग जिल्ला देखि पुर्वमा अवस्थित यस गाउँपालिकाको भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ । यहाँको अधिकतम तापक्रम ३२.२˚से. र न्यूनतम तापक्रम ०.१०˚से. र गाउँपालिकाको बार्षिक वर्षा १००५.९ मी.मी. देखि २१२३ मी.मी. सम्म हुने गरेको पाईन्छ भने सापेक्षिक आद्रता बर्षायाममा ९०% र हिउँद याममा ५०% देखि ७०% सम्म पाईएको छ भने यहाँको औषत सरदर वार्षिक वर्षा १२०८ मि.मि. रहेको छ ।
यस स्थानीय तहको नामाकरण बि स २००७ सालको प्रजातन्त्रिक योद्धा राम प्रसाद राईको नामबाट नामकरण गरिएको छ । रामप्रसादराई गाउंपालिका राज्यको पुनरसंरचना अगाडी भोजपुर जिल्लाको जम्मा १३ ईलाका मध्ये इलाका नं. १० अन्तर्गतको जम्मा ४ गाविसहरु ओख्रे, धोद्लेखानी, भूल्के, दलगउँ, र इलाका नं. ११ अन्तर्गतको मानेभञ्ज्याङ्ग, वैकुण्ठे र वासीखोरा मिलेर हालको रामप्रसादराई गाउँपालिका वनेको छ । साविकमा यो गाउँपालिका अन्तर्गतको भूभाग पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने कोशी अञ्चलको मध्ये पहाडी जिल्ला भोजपुर अन्तर्गत पर्ने यो गाउँपालिका हाल भोजपुर जिल्लाको एक मात्र प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ अन्र्तत पर्दछ भने प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत यो गाउँपालिका पर्दछ ।
हाल यस गाउँपालिकाको जम्मा ८ वटा वडाहरु मध्ये वडा नं. १ साविक ओख्रे गा.वि.स.को ९ वटा वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल १९.८८ वर्ग कि.मी. रहेको छ । भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (७ कोष) २५.९० कि.मी. रहेको छ । यसै गरी वडा नं. २ साविक धोद्लेखानी गा.वि.स.को ९ वटा वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल १५.६० वर्ग कि.मी. रहेको छ । भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (८ कोष) २९.६० कि.मी. रहेको छ । वडा नं.३ साविक भूल्के गा.वि.स.को ९ वटा वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल १३.३५ वर्ग कि.मी. रहेको छ । भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (६ कोष २२.२० कि.मी. रहेको छ भने वडा नं. ४ साविक दलगाउ गा.वि.स.को ९ वटा वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल २०.१६ वर्ग कि.मी. रहेको छ । भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (५ कोष) १८.५० कि.मी. रहेको छ । वडा नं. ५ साविक मानेभञ्ज्याङ्ग गा.वि.स.को ९ वटा वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल ३०.२४ वर्ग कि.मी. रहेको छ । भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (७ कोष) २५.९० कि.मीर हेको छ । यसै गरी वडा नं. ६ भने साविक वैकुण्ठे गा.वि.स.को ९ वटा वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल २८.०१ वर्ग कि.मी. रहेको छ । भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (८ कोष) २९.६० कि.मी. रहेको छ । वडा नं. ७ साविक वासीखोरा गा.वि.स.को १, २, ३,५ र ८ वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल १८.५४ वर्ग कि.मी. रहेको छ र भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (९ कोष) ३३.३० कि.मी..को दुरी रहेकोछ । वडा नं. ८ पनि साविक वासीखोरा गा.वि.स.को ४, ६,७ र ९ वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल १२.६४ वर्ग कि.मी. र भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (९ कोष ३३.३० कि.मी. रहेको छ )
नेपालको सङ्घीय संरचना अनुसार ७ प्रदेश ७५३ वटा स्थानीय तहमा पूनःसंरचित भए पश्चात नेपालको १ नं प्रदेश अन्तर्गत १ महानगरपालिका, २ उपमहानगरपालिका, ५६ नगरपालिका र ७८ गाउँपालिका मध्ये रामप्रसादराई गाँउपालिका एक गाँउपालिका हो । यस गाउँपालिका प्रतिनिधी सभा निर्वाचन भोजपुर क्षेत्र नं. १ अन्तर्गत र जिल्लामा १ मात्र निर्वाचन क्षेत्र भएको, प्रदेश सभा निर्वाचन भोजपुर क्षेत्र नं. २ अन्तर्गत पर्दछ । यस गाउँपालिकाको वडा संख्या ८ र टोल÷वस्ती संख्या १७७ रहको छ । यस गाउँपालिकाको केन्द्र बैकुण्ठे (चिलाउनेटार)वजार हो भने भोजपुर सदरमुकाम देखि जम्मा ८ कोष २९.६० कि.मी. रहेको छ ।
नेपालको (२०६८ जनगणना) अनुसार नेपालको साक्षरता जम्मा ६५.९४% जसमध्ये पुरुष ७५.१४% र महिला ५७.३९% रहेको छ । यसै गरी भोजपुर जिल्लाको साक्षरता जम्मा ६९.३४% जस मध्ये पुरुष ७८.३९ र महिला ६१.३८% रहेको छ । रामप्रसादराई गाउँपालिकाको साक्षरता २०७६ को सर्भेक्षण अनुसार जम्मा ६८.६० % मध्ये पुरुष ७२.५३% र महिला ६४.४६% रहेको छ । नेपाल मानव विकास प्रतिवेदन, २०१४ अनुसार नेपालको मानव विकास सुचाङ्क ०.४९ पूर्वाञ्चलको ०.४९, पूर्वी पहाडको ०.५० र भोजपुर जिल्लाको ०.४८ रहेको छ । यसको आधारमा रामप्रसादराई गाउँपालिकाको मानव विकास सूचांक ०.४८ रहेको मान्न सकिन्छ ।