उत्तरः नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ
क्र.सं. | लाभान्वित वर्ग | भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था | मासिक रकम रु. | कैफियत |
१. |
ज्येष्ठ नागरिक |
कर्णालीः ६० वर्ष पुगेको दलितः ६० वर्ष पुगेको अन्यः ७० वर्ष पुगेको |
१०००।– |
|
२. |
एकल महिला |
विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको |
१०००।– |
विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । |
३. |
विधवा |
पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला |
१०००।– |
विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । |
४. |
पूर्ण अपाङ्गता भएका |
महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु |
२०००।– |
|
५. |
अति अशक्त अपाङ्गता भएका |
महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु |
६००।– |
|
६. |
लोपोन्मुख आदिवासी÷जनजाती |
बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु |
२०००।– |
|
७. |
बालबालिका |
पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका: कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका |
४००।– |